गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा आफ्नो भौतिक उपस्थितिमाथि भएको आलोचनाको जवाफ दिँदै डिजिटल माध्यमबाटै प्रभावकारी नेतृत्व भइरहेको बताएका छन्। उनले पुरानो शैलीको नेतृत्व खोज्नु ‘जेनेरेसन ग्याप’ भएको भन्दै परिणाममा ध्यान दिन आग्रह गरेका छन्। रसुवाको भोटेकोशी बाढीपछि उनको कार्यशैलीबारे प्रश्न उठेपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन्।





