नुवाकोट, विदुर–टुप्चे । बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको अवस्थाप्रति ऐक्यबद्धता जनाउँदै सिक्किमका विभिन्न चर्चहरूको सहकार्यमा नुवाकोटको विदुर–टुप्चे क्षेत्रमा राहत तथा सान्त्वना प्रदान गरिएको छ।

Rev. Paul Gurung को समन्वयमा आयोजित सहयोग अभियानमा Stephan Raj Karki, O.S.D., Government of Sikkim लगायतको सहभागिता रहेको थियो। टोलीले प्रभावित परिवारहरूसँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्था बुझ्नुका साथै आवश्यक सहयोग र सान्त्वना प्रदान गरेको थियो।

विपत्तिको यस कठिन घडीमा पीडित परिवारहरूसँग ऐक्यबद्धता प्रकट गर्दै मानवीय सेवा, प्रेम र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। यस पहलले नेपाल र सिक्किमबीचको मानवीय सम्बन्ध, सहकार्य र पारस्परिक सद्भावलाई थप मजबुत बनाएको छ





