काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गरिरहेका छन्।
प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाललगायत व्यवसायी सहभागी छन्। छलफलमा लगानीको वातावरण, रोजगारी सिर्जना, व्यवसाय विस्तार तथा अर्थतन्त्रलाई चलायमान बनाउने उपायबारे चर्चा भइरहेको छ।





