महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले बाढी प्रभावित बालबालिकालाई अन्यत्र लैजाँदा स्थानीय तह र राष्ट्रिय बाल अधिकार परिषद्को सिफारिस अनिवार्य लिन आग्रह गरेकी छन्।

बालबालिका बेचबिखनको जोखिममा पर्न सक्ने भन्दै उनले अभिलेख राखेर मात्र स्थानान्तरण गर्न आग्रह गरिन्। हाल होल्डिङ सेन्टरमा अभिभावकविहीन १२० बालबालिका रहेको र उनीहरूको संरक्षण तथा अभिभावक खोजी भइरहेको उनले जानकारी दिइन्।

मन्त्री बादीले बाढीपीडितका तस्बिर तथा भिडियो अनधिकृत रूपमा सामाजिक सञ्जालमा प्रयोग नगर्न र पीडितको मर्यादा, गोपनीयता तथा अधिकारको सम्मान गर्न पनि आग्रह गरिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here