२८ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् ।
२८ भदौदेखि ३ असोजसम्म उनी चीन भ्रमणमा रहने सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।
भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेइजिङमा आयोजना हुने १३औं बेइजिङ स्याङसन फोरममा सहभागी हुने बताइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले उनलाई बिदाई गरेका थिए ।





