काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

ललितपुर प्रहरीले दिएको जानकारीअनुसार ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँचधुरे, पयाङधुर र टिकाभैरवमा सडक माथिबाट पहिरो खसेपछि यातायात आवागमन ठप्प भएको हो।

अविरल वर्षाका कारण सडक माथिबाट लेदोसहित पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यता, मकवानपुरतर्फको कान्तिलोकपथ सडकखण्डमा भने हालसम्म कुनै अवरोध नरहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। सडक पूर्णरूपमा सञ्चालनमा नआएसम्म यात्रु तथा चालकलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here