१२ फागुन, काठमाडौं ।  एमसीसी अमेरिकी सहयोग परियोजनाबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि आजको संसद बैठक स्थगित गरिएको हो ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक बस्न नसक्ने भएकाले भोलि शुक्रबार दिउँसो १ बजेका लागि राखिएको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here