सिन्धुलीमा भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । कमलामाई नगरपालिका १२ लुडेडाँडाबाट दुई थान भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय पूर्ण बहादुर राना र ५० वर्षीय लाल बहादुर ब्लोन छन् । प्रहरीले पूर्ण बहादुरको घरबाट १ थान खाली भरुवा बन्दुक र लाल बहादुरको घरबाट १ थान लोड गरेको भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here