नेपाल आइडल–४ का विजेता भुपेन्द्र थापा मागर बनेका छन् । नामगेल तामाङ, भुपेन्द्र थापा मगर र रञ्जित नेपाली टप ३ मा परेका थिए।

अन्ततः भुपेन्द्रले नेपाल आइडलको यस सिजन जित्न सफल भएका हुन्।

३० लाख रुपैयाँ र एउटा स्कुटर भुपेन्द्रले उपहार पाए। प्रतियोगितामा तेस्रो स्थान हात पार्न रञ्जित नेपाली सफल हुँदा दोस्रो नाम्गेल तामाङ भए।

रञ्जितले ३ लाख रुपैयाँ र स्कुटर हात पारे। नाम्गेलले भने एउटा स्कुटर र ५ लाख रुपैयाँ पुरस्कार पाए।

यसअघि नेपाल आइडल–१ को विजेता वुद्ध लामा, दोस्रो सिजन रवि ओड र तेस्रो सिजनमा सज्जा चौलागाई विजेता बनेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here