विराटनगर – मोरङको सुन्दरहरैंचा नगरपालिकाका विकास खवास व्यवसायिक फुटबल खेलाडी हुन्। राष्ट्रिय टोलीबाट मुलुकको लागि मैदानमा उत्रिसकेका खवास त्रिभुवन आर्मी क्लबमा आवद्ध छन्। २० वर्षअघि हरैंचामा जन्मिएका खवास सानैबाट फुटबलमा रम्थे।
सानैबाट हरैंचास्थित फुटबल मैदानमा रम्दै आएका उनी केही समयअघि सम्पन्न साफ च्याम्पिनसिपमा भूटानलाई पराजित गर्दै स्वर्ण पदक दिलाउँदा रक्षात्मक भूमिकामा मैदानमा रहेका थिए।

सुन्दरहरैंचाले खेलमैदानको स्तरोन्नति, खेलकुद आयोजनाका लागि सहयोगमात्र नभएर खेलाडीलाई प्रोत्साहनसमेत गर्दै आएको छ। सोही क्रममा साफमा स्वर्णपदक पाएका हरैंचाका खवासलाई खेलमा थप उत्साह हुने गरी नगरपालिकाका मेयर शिवप्रसाद ढकालले १ लाख ५१ हजार रुपैयाँले सम्मान गरे। खवास भन्छन्, ‘नगरपालिकाले गरेको सम्मानले गौरवान्वित भएको छु। देशका लागि खेल्छौं। जित्छौं। तर, आफ्नै घरभित्र सम्मान पाउँदा खुसी लाग्छ। यसप्रकारको सम्मानले हामीलाई मैदानमा थप ऊर्जा प्राप्त हुन्छ।

नगरपालिकाबाट सम्मानित फुटबल खेलाडी विकास खवास।

नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरिसकेका खवासलाई नगरपालिकाले अभिनन्दनसमेत गरिसकेको छ। भरत नगरपालिकाको खेलकुदमय वातावरण सकारात्मक भएको बताउँछन्। उनले अन्तर्राष्ट्रिय रुपमा समेत चर्चा कमाइसकेका छन्।

नगरपालिकाले खेलमैदान स्तरोन्नतिदेखि खेलाडी उत्पादनमा विशेष ध्यान दिएको बताउँछन् फुटबलका स्ट्राइकर खवास। खेलाडीलाई प्रोत्साहित गर्न नगरपालिकाको भूमिका ओजपूर्ण रहेको बताउँदै उनले भने, ‘हामीले सानैमा हरैंचामा खेल्दा धेरै अवसर पाएका थिएनौं। तर, अहिले हामीबीच स्थानीय तह रहेको छ। खेल्ने र केही गर्नेका लागि स्थानीय तहले अवसर उपलब्ध गराएको छ।’

खेल र खेलकुदलाई विशेष ध्यान दिँदै आएको नगरपालिकाले खेलाडीलाई प्रतियोगितामा सहभागितादेखि खेलकुद सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ। नगरपालिकाले बक्सिङका प्रशिक्षक सुशील श्रेष्ठलाई समेत १ लाख रुपैयाँले पुरस्कृत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here