एजेन्सी, न्युयोर्क, चैत ३०। अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनको एक सबवे स्टेशनमा आक्रमण गरी भागेकाको खोजी तीव्र पारिएको छ।

द न्युयोर्क टाइम्सका अनुसार आक्रमणकारी स्थानीय समयअनुसार मंगलबार बिहान साढे बजेतिर सबवे स्टेशनमा मानिसहरूको भीडमा ग्रिनेड हानेका थिए भने अन्धाधुन्ध गोली चलाएका थिए।

आक्रमणमा कम्तीमा दुई दर्जन मानिस घाइते भएका छन् भने तीमध्ये पाँच जनाको अवस्था गम्भीर छ। आक्रमणको झन्डै १२ घन्टा बित्दा पनि प्रहरीले आक्रमणकारीलाई पत्ता लगाउन सकेको छैन।

घटनामा संलग्न भएको हुन सक्ने भन्दै प्रहरीले ६२ वर्षका फ्रान्क आर जेम्सको खोजी गरिरहेको छ।

६२ वर्षका जेम्सले केही समयअघि किनेको भ्यानको चाबी घटनास्थलमा फेला परेको हुनाले उनको आक्रमणसँग सम्बन्ध हुन सक्ने भन्दै प्रहरीले उनको तस्बिर सार्वजनिक गरेको छ।

यसैबीच न्युयोर्कका अधिकारीहरूले ब्रुकलिनको सबवे स्टेशनमा आक्रमण गर्ने आक्रमणकारी पक्राउ गर्न सकिने सूचना दिनेलाई ५० हजार डलर इनामको घोषणा गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here