गायक मनराज प्ल्हेमे गुरुङको ‘है माया’ बोलको गीत सार्वजनिक भएको छ । गायक मनराजकै शब्द तथा संगीत गीतमा छ । गीको भिडियोमा रविन श्रेष्ठ र रमिला श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियो अभिनयमा रविन र रमिलालाई योकृस सुवेदी, राम खत्री लक्की, अमृता श्रेष्ठ, दिव्या तामाङ, सुरज मोक्तान र पारु लामाले साथ दिएका छन् ।

भिडियो जापनाको टोकियोका रमणीय स्थानहरुमा छायांकन भएको हो । गायककै निर्देशन रहेको भिडियोमा बिनम खत्रीको छायांकन र सम्पादन छ । भिडियोमा अध्ययनका लागि जापान पुगेका एक जोडी दिक्षान्त समारोहपछि  लगातार भेट हुने र एकोहोरो मायामा पर्ने कथा देखाउन खोजिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here