डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिजको आयोजना रहेको ‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ का विजेतालाई पुरस्कार वितरण गरिएको छ । एक विशेष कार्यक्रमको आयोजना गर्दै विजेतालाई नगद पुरस्कार प्रदान गरिएको हो ।
महोत्सवका अध्यक्ष नमराज ढुंगानाको अध्यक्षतामा पुरस्कार बितरण गरिएको कार्यक्रममा प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद रु. ५ लाख,  दोश्रो हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद रु. ४ लाख तथा तेश्रो हुने सरोज सिंखडा र सीता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ एवम सुरेन्द्र फ्याली मगर र संगीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझलाई नगद रु. ३ लाख र सान्त्वना वापतको रु. २ लाख पनि यसै समूहलाई प्रदान गरियो ।

प्रतियोगिताको निर्णायक मण्डलका अध्यक्ष पुरुषोत्तम न्यौपानेका अनुसार तेश्रो हुने दुइ समूहले आपसी समझदारी गरेकाले आयोजकले तेश्रो र सान्तवना पुरस्कार दुई समूहलाई एकै ठाउँमा पारेर वितरण गरेको हो ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई निशुल्क गीत रेकर्ड गरिदिने समेत आयोजक डिएआर ग्रुपले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here