जनकपुर उपमहानगरपालिका–१६ बस्ने रुकशना आजमीको दैनिकी हिजोआज फेरिएको छ । प्रायः बिहान ६ बजे उठ्ने उनी रमाजान महिना सुरु भएदेखि २ बजे नै उठ्ने गरेकी छन् । २७ वर्षीया अजामी एक दिन पनि नबिराई रोजा गर्छिन् । २ बजे बिहानै उठ्ने आजमीले घरपरिवारका लागि सेहरी (व्रतमा बस्नुपूर्व बिहान खाने खना) तयार गर्छिन् । सेहरी खाई बिहानीको झिलिमिलीसँगै रोजा सुरु गर्छिन् ।
जनकपुरधाम-५ बस्ने ४७ वर्षीया रेहना खातुनको रमजानमा आफ्नै कथा छ । इस्लामिक महिना रमजानमा हरेक बालिग महिला तथा पुरुषमाथि रोजा ९व्रत० अनिवार्य गरिएको छ । रोजा बस्न औधि मनपराउने रहेनाका श्रीमान् जाकिर खानले भने बिरामी भएकाले यस वर्ष एउटा पनि रोजा गर्ने सकेनन् ।उहाँलाई सधै औषधि खानुपर्छ, डाक्टरले एकदिन पनि औषधि नछाड्न भनेका छन्,’ रेहनाले भनिन्, ‘जिउ नै सन्चो नभएपछि रोजा बस्ने कुरै भएन ।’ विरामी अवस्थामा रोजा गर्नु अनिवार्य छैन । बिहान २ बजे नै उठ्ने रेहना आफ्ना घरमा बस्ने भाडादारसहित छरछिमेकीलाई सेहरी खाना जगाउने गर्छिन् । छिमेकमै सबैभन्दा पहिले रेहना उठ्ने गरेकी छन् ।





