रसुवा, १३ वैशाख। रसुवाको आमाछोदिङमो गाउँपालिकामा दुई दलित महिला सदस्य निर्विरोध भएका छन् । ३० मा तय भएकाे स्थानीय तहको निर्वाचनका लागि सोमबार भएको मनोनयनमा गाउँपालिका-२ र ४ मा दलित महिला सदस्यमा एकल उम्मेदवार परेकाे हाे ।

आमाछोदिङमो गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुईंटेलका अनुसार वडा नम्बर २ मा दलित महिला सदस्यमा दिलमाया विक र वडा नम्बर ४ मा दलित महिला सदस्यमा गममाया विककाे एकल उम्मेदारी परेकाे हाे ।

यद्यपि निर्वाचन आयाेगले निर्विराेधकाे औपचारिक घाेषणा गरिसकेकाे छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here