Thursday, October 16, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी, सुनिता भन्छिन्- राजनीतिक प्रोपगाण्डा बनाउन खोजियो  

प्रभाव संवाददाता by प्रभाव संवाददाता
३ बर्ष अगाडि
in राजनीति, विशेष, समाचार
0
सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी, सुनिता भन्छिन्- राजनीतिक प्रोपगाण्डा बनाउन खोजियो  
20
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २० वैशाख। काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेद्‌वार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । महानगरको उपमेयरमा नेकपा एमालेको तर्फबाट उम्मेद्‌वारी दिएकी डंगोलविरुद्ध अख्तियारमा उजुरी परेको हो ।

काठमाडौं महानगर पालिकामा विज्ञको रूपमा काम गर्दा शैक्षिक योग्यता ढाँटेर चार वर्ष काम गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । शैक्षिक प्रमाणपत्र ढाटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई पाँच वर्ष जागिर खाएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

१६ वैशाखमा परेको उजुरीमा सुनितामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को कसुरमा सजाय गराई उनले प्राप्त गरेको रकम तथा जरिवानासमेत असुल उपर गराउन माग गरिएको छ ।

काठमाडौं महानगरपालिका जस्तो सार्वजनिक निकायमा कुनै पनि सल्लाहकार नियुक्ति हुन सम्बन्धित विषयमा न्यूनतम स्नातकोत्तर तह उत्तिर्ण गरी विशेष अनुभव भएको व्यक्ति हुनुपर्ने उजुरी कर्ताको दाबी छ । तर, समाजशास्त्र विषयमा स्नातक तह उत्तिर्ण गरेकी सुनिताले विज्ञको रूपमा नियुक्ति पाएको आरोप उजुरीकर्ताको छ ।

काठमाडौं महानगर पालिकामा रहेको सहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने निकायमा समाजशास्त्र विषयमा स्नातक गरेकी सुनिताले आफूले प्राप्त नगरेको स्नातकोत्तर योग्यता प्राप्त गरेको छु भनि आफ्नो शैक्षिक योग्यता ढाँटी विगत पाँच वर्षदेखि सहरी विकास परियोजाको सल्लाहकारमा नियुक्ति लिएको उजुरीकर्ताले आफ्नो उजुरीमा उल्लेख गरेका छन् ।

त्यसबापत उनले मासिक ८० हजार तलबभत्ता प्राप्त गर्ने गरेको समेत आरोप लगाइएको छ । त्यसरी शैक्षिक योग्यता ढाँटेर कानुनले तोकेभन्दा बढी तलब भत्ता लिइए भ्रष्टाचार गरेको भन्दै उनीमाथि कारबाही गर्न माग गरिएको हो । उजुरी परेको विषयमा सुनिताले भने राजनीतिक प्रतिशोध साँध्न यस्तो आरोप लगाइएको बताएकी छिन् ।

आफूले आफ्नो शैक्षिक योग्यताको आधारमा नै छैटाैँ तहको कर्मचारी भएर सेवासुविधा लिएको सुनिताको भनाइ छ । ‘राजनीतिक करिअर अगाडि बढाइराख्दा थुप्रै खालका आक्षेपहरू लाग्ने गरेको छ । यो चुनावको बेला गरिने प्रोपोगाण्डा मात्र हो,’ सुनिताले भनिन् ।

आफूले लगभग चार वर्ष सहायक विज्ञको रूपमा काम गरेको उनको भनाइ छ । तलब भत्ता ८० हजार नभई लगभग ४५ हजारको हाराहारी लिएको बताइन् । ‘तलब मासिक ८० हजार लिएको थियो भनिएको छ । छैटाैँ तहको कर्मचारीले लिने सेवासुविधा मैले लिएकी थिएँ । मेरो त्यही ४० देखि ४५ हजारसम्म थियो,’ सुनिताले भनिन् ।

नगरसभाबाट भएको निर्णयअनुसार नै आफू सहायक विज्ञको रूपमा काम गरेको भन्दै उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले तपाईं विज्ञता हामीलाई चाहियो भनेपछि मैले काम गरेकी हुँ ।’

उजुरी परेको सम्बन्धनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले आफ्नो जानकारीमा नआएको बताए । ‘उजुरी परेकोबारे धेरै पत्रकार साथीहरूले फोन गर्नुभएको छ । तर, मेरो जानकारीमा छैन्,’ भण्डारीले भने ।

Previous Post

सरकारले नौ महिनामा विनियोजित बजेटको आधा रकम पनि खर्च गर्न सकेन

Next Post

साढे ४६ लाखभन्दा बढीले लिए प्यान नम्बर

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
साढे ४६ लाखभन्दा बढीले लिए प्यान नम्बर

साढे ४६ लाखभन्दा बढीले लिए प्यान नम्बर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्युु

धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्युु

२९ आश्विन २०८२, बुधबार
मधेश संसदीय दलमा पनि फुट्यो जनमत

मधेश संसदीय दलमा पनि फुट्यो जनमत

२९ आश्विन २०८२, बुधबार
राप्रपामा विवाद झन् चर्किंदै, धवलशम्शेर पक्षबाट कार्यसम्पादन बैठक बहिष्कार

राप्रपामा विवाद झन् चर्किंदै, धवलशम्शेर पक्षबाट कार्यसम्पादन बैठक बहिष्कार

२९ आश्विन २०८२, बुधबार
ओलीलाई कारबाहीको मागमा गृहमन्त्री- जाहेरी परिसकेको छ, हामी प्रयासरत छौं

ओलीलाई कारबाहीको मागमा गृहमन्त्री- जाहेरी परिसकेको छ, हामी प्रयासरत छौं

२८ आश्विन २०८२, मंगलवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्युु

मधेश संसदीय दलमा पनि फुट्यो जनमत

राप्रपामा विवाद झन् चर्किंदै, धवलशम्शेर पक्षबाट कार्यसम्पादन बैठक बहिष्कार

ओलीलाई कारबाहीको मागमा गृहमन्त्री- जाहेरी परिसकेको छ, हामी प्रयासरत छौं

प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्चमा धमाधम रिट

रूसले भन्यो : इरानलाई आवश्यक सैन्य सामग्री दिइरहनेछौं

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति