काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतसँग तनावरहित सम्बन्ध चाहेको बताएका छन् ।
संसद्मा नीति तथा कार्यक्रमको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपाल–भारतसम्बन्ध पारस्परिक लाभका आधारमा गर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले भारतको अहिलेको सत्ताले थिचोमिचो गरेर भूमि आफ्नोमा पारेको नभई इतिहासको कुरा भएको बताए ।
बाटो उद्घाटन र नक्सा छाप्ने काम भए पनि अहिलेकै सत्ताले सबैथोक नगरेको बताए ।
त्यस्तै नेपालतर्फ पनि अहिलेको सरकारले जग्गा छाडेको, नजरअन्दाज नगरेको बताए ।
उनले सरकारले नेपालले भूमि आफ्नो बनाएरै छाड्ने बताए । काम सजिलो नभए पनि भारतसँग मित्रतापूर्ण तवरले कूटनीतिक पहलमार्फत् यो काम पूरा गरिने उनले अठोट लिए ।
उनले भारतसँग अहिले भूमिको कुरा टुङ्ग्याइहालौं भन्ने विवाद निम्त्याउने नभई मित्रता प्रगाढ बनाउने कुरा भएको बताए ।