काठमाडौं । विश्व बैंकले गरिबी उन्मुलनका लागि भएका सबै प्रयास खेर गएको बताएको छ । कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउनले अर्थतन्त्रमा पार्ने प्रभावले गरिबी निवारणको प्रयासमा असर पारेको विश्व बैंकको भनाइ छ ।
गरिबी निवारणका लागि पछिल्लो तीन वर्षमा भएका प्रयास लकडाउनका कारण विश्व अर्थतन्त्रमा आउने ५ प्रतिशतको गिरावटले ६० करोड मानिस गरिबीको रेखा मुनी रहन वाध्य हुने विश्व बैंकले जनाएको बीबीसीले उल्लेख गरेको छ ।