निर्वाचन आयोगका अनुसार हालसम्म स्थानीय तह निर्वाचनबाट देशभर ३३ हजार आठ सय ५८ जनप्रतिनिधि निर्वाचित भएका छन्। हाल केही स्थानीय तहको मतगणना जारी छ भने अधिकांश स्थानीय तहको मतगणना सकिएको छ।

हालसम्मको निर्वाचन नतिजाअनुसार दुई सय ६० जना मेयरमा र चार सय ५४ जना अध्यक्षमा निर्वाचित भएका छन्। त्यति नै संख्यामा उपमेयर तथा उपाध्यक्ष निर्वाचित भएका छन् । आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ६ हजार पाँच सय १० वडाध्यक्ष निर्वाचित भइसकेका छन्।

वैशाख ३० गते देशभरका सात सय ५३ स्थानीय तहमा ३५ हजार दुई सय २१ जनप्रतिनिधिका लागि निर्वाचन भएको थियो। केही स्थानीय तहको नतिजा आउन अझै समय लाग्ने आयोगले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here