बिहीबार बिहान नेपाल टेलिकमका ग्राहकहरुलाई एउटा म्यासेज आयो, कुनै एउटा पेजको सब्सक्राइब गरेपछि १० ग्राम सुन जित्ने मौका । म्यासेज कसले कहाँबाट पठाएको हो, त्यो समेत नदेखिने गरी अनपजल नामबाट आएको म्यासेजमा भनिएको छ,  ‘वर्षको बम्पर अफर, साताको २० रुपैयाँ खर्च गर्ने गरी सब्सक्राइब गरेपछि १० ग्राम सुन जित्ने मौका ।’

उक्त म्यासेजमा एउटा लिंक दिइएको छ । जब उक्त लिंकमा क्लिक गरिन्छ, त्यसपछि ‘सुनको सिक्का उपहार’ भन्ने रोमनमा लेखिएको अक्षर आउँछ । त्यसभन्दा तल प्ले एण्ड विन गोल्ड क्वाइन्स’ भन्ने रोमनमै लेखिएको विज्ञापन देखिन्छ र त्यसको तल ‘ग्राण्ड पइज, टेन ग्राम्स गोल्ड क्वाइन्स’ भन्ने देखिन्छ ।
त्यसको तल यस गेम खेल्नका लागि तल दिइएको लिंकमा सब्सक्राइब गर्नुहोस् भनेर निलो ब्याकग्राउण्डमा सेतो अक्षरमा स्पष्टसँग देखिने गरी लेखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here