सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकको  सिद्धबाबा क्षेत्र पहिरोको जोखिम अत्यधिक रहेको क्षेत्र हो । वर्षा याममा यहाँ बारम्बार पहिरो खस्ने गर्दछ ।

यो मार्ग प्रयोगकर्ता वर्षाको समयमा पहिरोको त्रासका बीच यात्रा गर्नुपर्ने बाध्यतामा हुन्छन् । पहिरो खसेर कतिबेला सडक अवरुद्ध हुने हो भन्ने त्रासका बिच गाडी चलाउनु पर्ने अवस्था रहेको तानसेन–बुटवल रुटमा सञ्चालित लु ३ ख ३६४२ नम्बरको सवारी साधनका चालक यम बहादुर रोकाले बताए । वर्षा लागेपछि सिद्धबाबा क्षेत्र आउनासाथ निकै डर लाग्ने गरेको उनको भनाइ छ ।

दैनिक सरदर तीन हजारको हाराहारीमा सवारी साधन ओहोर दोहोर गर्ने सिद्धार्थ राजमार्गमा सिद्धबाबा क्षेत्र सर्वाधिक जोखिमको क्षेत्र मानिन्छ । चुरे क्षेत्र रहेको जम्मा तीन किलोमिटर सडकले सधैँ सास्ती दिइरहेको छ ।

पाल्पाको तिनाउ गाउँपालिका, दोभानका विष्णु पाण्डे बिहानै पढाउनका लागि बुटवलको एम्स कलेजमा आउनु पर्छ । दैनिक रूपमा दोभानबाट बुटवल आएर पढाउने पाण्डेले वर्षा लागेसँगै दुःखका दिन सुरु भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here