काठमाडौं।
बजेट निमार्णको क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा गठित संसदीय छानविन समितिलाई अर्थ मन्त्रालयले जेठ महिनाको सिसिटिभी फुटेज दिन आनाकानी गरेको छ ।
संसदीय समितिले पटक पटक जेठ महिनाको सिसिटिभी फुटेजका लागि ताकेता गर्दा पनि मन्त्रालयले सिसिटिभी फुटेज दिन आनाकानी गरे पछि पुनः ताकेता गरिएको छ ।
त्यसो त सिसिटिभी फुटेज दिन आनाकानी गरे पनि समितिमा बयान दिन आएका सचिव, सहसचिवहरुले १४ जेठको बजेट निमार्ण क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयलाई निरन्तर अस्विकार गर्दै आएका छन् ।
सिसिटिभी फुटेज नदिए पनि हामीले लिएको बयानमा उहाँहरुले अनधिकृत व्यक्ति आएको विषयलाई नकार्दै आउनु भएको छ,’ सांसद यादवले भनिन्, ‘सिसिटिभी फुटेज नै नभएपछि अनुसन्धान गर्न समितिलाई अप्ठयारो परिरहेको छ ।’ उनका अनुसार समितिले सो बारेमा आवश्यक निर्णय लिनका लागि आज पनि छलफल गर्नेछ ।





