विदेशसमाचार

द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन रूस र इरान सहमत

काठमाडौं।

रूस र इरान द्विपक्षीय सम्बन्ध सुुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन्। दुवै देशका राष्ट्रपतिबीच मङ्गलबार भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो।

राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति इब्राहिम राइसीबीचको भेटवार्ता व्यापारिक साझेदारी, सुरक्षा, पूर्वाधार निर्माण, आर्थिक सहयोग र ऊर्जामा केन्द्रित रहेको इरानी राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख छ।

दुवै राष्ट्रपतिबीच क्षेत्रीय सुरक्षा प्रवद्र्धनका साथै आपसी सहयोग र सम्बन्ध विस्तार, औद्योगिक विकास तथा संयुक्त लगानीबारे पनि विचारविमर्श भएको थियो।

सिरियामा आतङ्कवादविरुद्ध सामूहिक रुपमा गरिएको सघङ्र्षबारे पनि कुराकानी भएको थियो। आगामी दिनमा पनि दुवै नेताले आपसी हितका साथै साझा चासोका विषयमा मिलेर अघि बढ्न सहमति जनाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button