पछिल्लो समय बागमती प्रदेशमा देखिएको राजनीतिक अस्थिरताको प्रत्यक्ष असर प्रदेशसभाको बैठकमा परेको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरु सरकार बनाउने र गिराउने खेलमा लाग्दा त्यसको शिकार प्रदेशसभा हुन पुगेको हो ।
एमाले नेतृत्वको सरकारको बहिगर्मनपछि सुरु भएको अस्थिरता हाल गठबन्धनको सरकार कायम रहँदासमेत जारी छ । सरकारको नेतृत्व प्राप्तिका लागि गठबन्धनका दलहरुबीच प्रतिस्पर्धा चल्दा प्रदेशको विकासका काममात्र नभइ नीति निर्माणको कामसमेत प्रभावित भएको छ भने प्रदेशसभाको बैठकले पनि गति लिन सकेको छैन ।
सरकार परिवर्तनको विषयमा गठबन्धनभित्रका दलहरुबीच मतभेद सिर्जना हुँदा त्यसको प्रत्यक्ष असर प्रदेशसभामा परेको हो । जसका कारण प्रदेशसभाले सही ढंगबाट काम गर्न नसकेको हो ।





