पाकिस्तानको एक तिहाइ भूभाग ऐतिहासिक बाढीबाट पूरै डुबेको त्यहाँका जलवायुमन्त्रीले बताएका छन्।

विनाशकारी बाढीले सडक, घर र बालीहरू बगाएको छ। ‘यो सबै एउटै ठूलो महासागर हो, पानी बाहिर निकाल्न कुनै सुख्खा जमिन छैन’ जलवायुमन्त्री सेरी रहमानले भनिन्।

जुनमा मनसुन सिजन सुरु भएयता कम्तीमा १,१३६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

ग्रीष्मकालीन वर्षा एक दशकमा सबैभन्दा ठूलो रेकर्ड गरिएको छ र सरकारले जलवायु परिवर्तनलाई दोष दिएको छ।

‘पाकिस्तानको एक तिहाइ भूमि अहिले पानीमुनि छ, जुन हामीले विगतमा देखेका हरेक सीमाना, हरेक मापदण्ड नाघेको छ’ रहमानले भनिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here