नेपाललाई ७ रनले पराजित गर्दै केन्याले पाँच ट्वान्टी-२० खेलको शृंखला २-२ बराबरी गरेको छ। नैरोबीमा भएको शृंखलाको चौथो खेलमा १ सय २ रनको सामान्य लक्ष्य पूरा गर्न सकेन।
निर्धारित २० ओभरको खेलमा नेपालले ९ विकेटको क्षतिमा ९४ रन मात्रै बनाउन सक्यो। नेपालका लागि रोहित पौडेलले ४७ रनको पारी खेलेका थिए।
यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय १ रन मात्रै बनाउन सकेको थियो। नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिएका थिए। ४ ओभर बलिङ गरेका लामिछानेले ९ रन दिएर ५ विकेट लिएका थिए।




