नेपालीको ठूलो चाडपर्वको रुपमा रहेका दशैं तिहारको मुखमा सरकारले सर्वसाधारणलाई राहत पुग्नेगरी नीतिगत निर्णय गरेको छ । खाने तेलको कच्चा पदार्थ आयातमा लाग्दै आएको भन्सार महसुल घटाएर सरकारले उपभोक्तालाई परोक्ष रुपमा फाइँदा पुग्ने निर्णय गरेको हो ।

चालु आर्थिक वर्षको लागि बजेटमार्फत तय गरिएका करका दरहरु मन्त्रिपरिषद बैठकले निर्णय गरेर घटाइएको छ । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरु नयाँ तय गरिएको जानकारी दिएको छ । नयाँ दरहरु अहिले कार्यान्वयनमा रहेका दरभन्दा कम छन् । सरकारले एउटा समिति गठन गरी सोही समितिको सिफारिसका आधारमा करका दरहरु परिवर्तन गरेको हो ।
वनस्पति घ्यू तेल उद्योगहरूले औद्योगिक कच्चा पदार्थको रुपमा प्रयोग गर्ने भन्सार उपशीर्षक १५०७.१०.०० को कच्चा भटमासको तेल, उपशिर्षक १५११.१०.०० को कच्चा पाम तेल र उपशीर्षक १५१२.११.०० को कच्चा सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था अनुसार कच्चा भटमासको तेल, पाम तेल र कच्चा सूर्यमुखी तेलको आयात गर्दा मूल्यको १० प्रतिशत भन्सार महसुल लाग्ने गरेकोमा अब मूल्यको १ प्रतिशत मात्रै भन्सार महसुल लाग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here