अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङले कतार फुटबलका अध्यक्षसँग भेट गरेको पछिल्लो दिन नै उनले मुख्य प्रशिक्षक छोडेको घोषणा गरेका थिए । नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी छोडेको अब्दुल्लाह​अल्मुताइरीले सामाजिक सञ्जालमार्फत घोषणा गरे ।

अल्मुताइरीले मुख्य प्रशिक्षकको जिम्मेवारी छोडेको घोषणा गरेको यो तेस्रो पटक हो । यसअघि दुई पटक राजीनामा दिएको बताएका अल्मुताइरी पुनः टोलीमा फर्केर प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी अल्मुताइरीले वि.स २०७७ चैत २२ गते सम्हालेका थिए । अल्मुताइीले आफ्नो कार्यकाल सम्हालेको समय देखि नै धेरै विवादमा तानिए ।
अहिले अरुको कारण त कहिले आफ्नो कारण । यो सबैबीच अल्मुताइरीले अन्तिम पटक हुन सक्छ राजीनामा दिएको ।  उसोत उनको सुर चलेमा पहिलेको जस्तै मैले राजीनामा दिएको छैन भन्न बेर लगाउँदैनन् ।
फेसबुक मार्फत उनले राजीनामा दिँदै लेखेका छन्, ‘नेपाली फुटबलमा ५२५ दिनको सेवापछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु । खुशी, माया, दुःख र पीडाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद । वान टिम, जय नेपाल ।’ अल्मुताइरीको यो तेस्रो राजीनामा हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here