काठमाडौं ।
अभिनेत्री प्रियंका कार्कीको घरबाट सुनचोरी भएको छ। प्रहरीका अनुसार अभिनेत्री कार्कीको घरबाट ५ तोला सुन चोरी भएको हो। यस्तै ३० हजार नदग पनि चोरी भएको छ।
ललितपुर भैंसेपाटीस्थित घरबाट हिजो राती ९ बजे उक्त चोरीको घटना भएको हो। उक्त नगद र सुन लक्ष्मीपूजा गर्न निकालिएको जनाइएको छ।





