Friday, December 12, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home Uncategorized

‘गजल हिट भएपछि दिनचर्या नै खलबलियो’

प्रभाव संवाददाता by प्रभाव संवाददाता
३ बर्ष अगाडि
in Uncategorized, समाचार
0
‘गजल हिट भएपछि दिनचर्या नै खलबलियो’
223
SHARES
405
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।

‘कर्म गर, तर फलप्रति आशक्ति नराख ।’ यो प्रचलित वाणीको भाव निकै गहिरो छ । यसले कर्मलाई सर्वोच्च मानेको छ ।

यही वाणीसँग मेल खान्छ, संगीत साधक तिलकसिंह पेलाको जीवन पनि । उनी संगीतमा यसरी तल्लीन रहे कि त्यहाँ कुनै नाम, दाम, प्रतिष्ठा र पुरस्कारको मोह थिएन । उनलाई फगत संगीतमा डुब्नु थियो र त्यो महासागरको सयर गर्नुथियो । त्यसैले त उनी चुपचाप संगीतमा मग्न रहे ।

कुशलतापूर्वक गरिएको कर्मले अन्ततः नतिजा राम्रै दिन्छ । भयो पनि त्यस्तै । उनको स्वर र संगीतको गजल ‘के लत बस्यो मलाई कहिले सुधार हुन्छ’ अहिले सबैको मनमनमा बसेको छ । डा. प्रदीपकुमार मैनालीको शब्द र रिदम कँडेलको संगीत संयोजन रहेको गजलका हरेक शेर सामाजिक सञ्जाल टिकटकमा समेत सर्वत्र छाएका छन् । यो गजलको सफलताले यतिबेला तिलकको दिनचर्या नै बदलिदिएको छ ।

अनलाइनखबरको गफ स्टेसनमा गफिने क्रममा तिलकले अहिले आफूलाई मिडियाको कठघरामा उभिने ‘सजाय’ नै मिलिरहेको बताए । उनको संकेत अन्तर्वार्तामा उपस्थित हुनुपर्ने सकसतिर हो ।

‘मेरो त निद्रा नै हराम भइरहेको छ, यताबाट पनि फोन आउँछ उताबाट पनि । संगीत पाठशालामा मेरो गुरुबाट पाएको प्रसाद मेरा शिष्यहरुलाई बाँड्ने मान्छे एक्कासि यसरी अन्तर्वार्तामा व्यस्त हुनुपर्दा त कठघरमा उभिएको जस्तै लाग्छ,’ तिलकले फेरिएको आफ्नो दिनचर्याबारे भने, ‘तर पनि शास्त्रीय संगीतको खोजीमा हिंडिरहेको बेला यो गजललाई समाजले यो हदसम्म स्वीकारिदिंदा खुसी र आनन्द चाहिं मिलेको छ ।’

शास्त्रीय संगीतको लामै साधना गरेका कतिपय गायक-गायिकाले आफ्नो ट्रयाक परिवर्तन गरेको देख्दा उनलाई चाहिं आफू पनि अन्य शैलीका गीत गाएर चर्चा पाऔं भन्ने कहिल्यै लागेन ? गफ स्टेसनमा यो प्रश्न तेर्साउँदा उनले सटिक जवाफ दिए, ‘मैले त १७ वर्षकै उमेरमा आँसु एल्बम बजारमा ल्याइसकेको थिएँ, आधुनिक गीतको । लुकाउन खोज्दा पनि भन्ने गीत केही हदसम्म आफ्नो एरियामा चलेको पनि थियो । तर म सन्तुष्ट हुन सकिनँ ।’

तिलकलाई स्टेज आयो, बाजागाजा आयो, स्याबासी आयो तर संगीत भने आएन रे । गृहजिल्ला बैतडीमै रहँदा दशैं-तिहारको बीचमा हुने रामलीला गीति नाटकले उनलाई शास्त्रीय संगीतको कखरा चिनाउनेसम्म भने बनाइसकेको थियो ।

‘आँसु एल्बम निकालेपछि मैले स्टेज पाएँ, स्याबासी पाएँ, ताली पनि पाएँ होला, तर संगीत पाइनँ । संगीत त गुरुबाट सिक्नुपर्छ भन्ने महसुस भएपछि काठमाडौं आएर गुरुको खोजीमा लागें,’ तिलकले सुनाए ।

गुरुको खोजी गर्दा पनि उनलाई निकै सकस भयो । कतै उनलाई सिकाउन नमान्ने, कतै आफूले भनेजस्तो सिकाउन नसक्ने । कति ठाउँमा त उनी ‘ज्वाइन’ गरेको दुई-तीनमै भाग्थे ।

‘के लत बस्यो’ गजलले नेपाली संगीत क्षेत्रका लागि पनि केही न केही योगदान दिन सक्ला भन्ने तिलकलाई लागेको छ । यसले धेरै गायक-गायिकालाई आफ्नो रोजाइ र शैलीको संगीतमा अघि बढ्न प्रेरणा मिल्न सक्ने उनको विश्वास छ ।

गीत राम्रो भए जरुरी छैन भिडियो

अहिले गीत सुन्नेभन्दा बढी हेर्ने बनेको प्रवृत्तिप्रति तिलकको असन्तुष्टि छ । उनले यो गजलको कुनै कथानक भिडियो बनाएका छैनन् । युट्युबलगायत प्लेटफर्ममा आवश्यक भएकाले स्टुडियोमै खिचेको सामान्य भिडियो राखेका छन् । यो गीत राम्रो भए भिडियो आवश्यक छैन भन्ने गतिलो उदाहरण समेत हो ।

तिलक भन्छन्, ‘भिडियो नबनाउने नै हाम्रो सोच थियो । मैले नै बाबु (रिदम कँडेल)लाई ल खिच भनें । वाद्यवादकहरुले बजाएको उनकै मोबाइलले खिचेको हो । कहींकहीं मेरो लिपसिंकमा भने साधारण क्यामरा प्रयोग गरेका छौं ।’

उनको यसमा गज्जबको तर्क छ, ‘एउटा म्युजिक भिडियोले गीतका लाखौं काल्पनिक भिडियोलाई मार्छ । लाखौं मनका भिजुअललाई एउटामा सीमित गराइदिन्छ ।’

अहिलेका गीत-संगीत चाहिं कस्तो लाग्छ त तिलकलाई ? भन्छन्, ‘आफ्नो ठाउँमा राम्रो छन् । तर पहिलेको जस्तो मेलोडी चाहिं हराएको हो कि भन्ने लाग्छ । लोकगीत पनि आउनुपर्छ, आधुनिक, पप सबै शैलीका गीत आउनुपर्छ तर मेलोडी चाहिं मार्नुभएन ।’

‘के लत बस्यो’ पछि गजल गायनमा सक्रियताबारे पनि उनले केही कुरा खोले । दर्शक-श्रोतालाई आफ्नो तर्फबाट सांगीतिक उपहार दिने र संख्या मात्रै बढाउने हिसाबले भने नल्याउने उनले सुनाए ।

‘प्रतिस्पर्धाको बाटोमा लाग्ने सोच आउँदैन । कुनै गीत, गजल राम्रो लाग्यो र रेकर्ड गराइयो भने मलाई मन पर्‍यो तपाईंहरुलाई पनि मन पर्छ होला मेरो उपहार भनेर दिने हो । अरु त्यस्तो छैन ।’

शिष्यलाई अभ्यास गराउँदाको आनन्द

कुनै शब्दमा केही समयदेखि खलबलिएको आफ्नो दिनचर्या अब लयमा फर्काउने सोचमा तिलक छन् । मतलब २०६१ सालमा काठमाडौंको वनस्थलीमा उनले स्थापना गरेको श्रीकृष्ण गुरुकुल संगीत पाठशालामा शिष्यहरुलाई संगीत सिकाउनुमा नै उनी रमाउँछन् ।

आफूले खाएको ठक्कर नयाँ पिंढीले भोग्नु नपरोस् भनेर खोलेको उनको संगीत पाठशालामा आफूलाई गुरुले दिएको प्रसाद शिष्यहरुलाई बाँड्न पाउँदा आनन्द लाग्ने उनी सुनाउँछन् ।

‘मैले संगीत सिक्ने क्रममा जति हण्डर र ठक्कर खाएँ त्यो कुरा मेरो शिष्यहरुले भोग्नु नपरोस् र मैले नपाएका कुरा उनीहरुलाई सिकाउन पाऊँ भन्ने उद्देश्यले स्थापना गरेको हुँ । मैले धेरै ठाउँ चहार्दाचहार्दै बल्ल सही ठाउँमा पुगेको थिएँ नि, अब चाहिं अरु कसैले त्यस्तो भोग्नु नपरोस् भन्ने मेरो सोच थियो,’ संगीत पाठशालाबारे तिलक सुनाउँछन् ।

प्रेरणा बनेको गजल

‘के लत बस्यो’ गजलले नेपाली संगीत क्षेत्रका लागि पनि केही न केही योगदान दिन सक्ला भन्ने तिलकलाई लागेको छ । यसले धेरै गायक-गायिकालाई आफ्नो रोजाइ र शैलीको संगीतमा अघि बढ्न प्रेरणा मिल्न सक्ने उनको विश्वास छ ।

‘यो गजल आएदेखि धेरै अग्रजका फोन आए । नैराश्यता आइसकेको थियो, सांगीतिक क्षेत्रमा । गजल पनि आउन छाडेको थियो, स्तरीय संगीत पनि आउन छाडेको थियो भनेर भन्नुभयो,’ तिलक सुनाउँछन्, ‘कति चर्चित गायक-गायिका त अर्कै शैलीका गीत गाउने सोचमा पुगेका थियौं । अब तपाईंको गजल-गीतले हामीलाई पनि रुचिकै शैलीमा लाग्ने प्रेरणा दियो भन्नुभएको छ । लाग्छ केही न केही त परिवर्तन भएछ ।’

गफ स्टेसनमा बिट मार्ने बेला उनले गायक-गायिकाले गीतकार, संगीतकार र अन्य संगीतकर्मीलाई नसम्झिने प्रवृत्तिको आलोचना गरे ।

‘धेरै गायक-गायिकामा स्टेजमा गीत गाउनेबेला गीतकार र संगीतकारको नामसमेत उच्चारण नगर्ने प्रवृत्ति देखिएको छ । सबैको भावना, महत्व र योगदान बुझ्न जरुरी छ,’ गजलकार डा. मैनालीको नाम प्रत्येक पटक लिइरहेका तिलकले भने, ‘बीउ त गीतकार गजलकारले छरेको हो नि, गीतकारको भावनामा जरा छ । शब्दबाट बीउ छरिएको छ । फूललाई पातलाई, फललाई हेछौं, तर जरा हेर्दैनौं ।

Previous Post

भूकम्पले बाजुरामा घर भत्कियो, थप विवरण आउन बाँकी

Next Post

‘आत्मदाह’का घटना बढेपछि बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न प्रहरीले अपिल

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
‘आत्मदाह’का घटना बढेपछि बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न प्रहरीले अपिल

‘आत्मदाह’का घटना बढेपछि बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न प्रहरीले अपिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

१८ मंसिर २०८२, बुधबार
देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

९ मंसिर २०८२, सोमबार
बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

८ मंसिर २०८२, आईतवार
महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

८ मंसिर २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

एमाले महाधिवेशन भाँड्ने प्रयास हुँदैछ : ओली

निर्वाचन आयोगमा ३७ दल दर्ता, कांग्रेस-एमालेको बाँकी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति