Friday, March 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

कास्की खण्डको रेखांकनमा फेरि विवाद, पोखरा महानगरमा प्रभावितको धर्ना

प्रभाव संवाददाता by प्रभाव संवाददाता
३ बर्ष अगाडि
in समाचार
0
कास्की खण्डको रेखांकनमा फेरि विवाद, पोखरा महानगरमा प्रभावितको धर्ना
20
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

९ चैत, पोखरा । राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पोखरा महानगर खण्डको रेखांकन विषयमा फेरि विवाद चर्किएको छ । रेखांकन विषयमा सुरुदेखि नै विवादमा आइरहेको पोखरा महानगर क्षेत्रभित्र पर्ने वडा नं. १६ र १९ का बासिन्दा टेन्डर प्रक्रियापश्चात काम सुरु भइसकेपछि फेरि आन्दोलित भएका हुन् ।

पोखरा महानगरअन्तर्गत वडा नं. १६ र १९ को मध्यपहाडी लोकमार्ग प्रभावित स्थानीयले आआफ्नो वडा कार्यालय बन्द गर्नेदेखि लिएर महानगरमा धर्ना दिन सुरु गरेका छन् । पुष्पलाल मध्यपहाडी राजमार्ग पीडित संघर्ष समिति नै गठन गरेर स्थानीय बासिन्दाले चैत १ गतेदेखि दैनिक २ घन्टा, ८ गतेबाट साढे १ बजेसम्म वडा कार्यालय बन्द गर्दै आएका छन् ।

प्रभावितले विहीबार पोखरा महानगरमा समेत धर्ना दिएका छन् । रेखांकनको विकल्प खोज्नुपर्ने र नखोजे १४ गतेबाट वडा कार्यालय पूर्ण रुपमा बन्द गर्ने समेत उनीहरुको चेतावनी छ । ‘जनतालाई सुकुम्बासी बनाउने खेल हामी मान्दैनौं । यसको विकल्प सरकारले खोज्नैपर्छ’ पोखरा १६ का अमृत थापाले भने, ‘मध्यपहाडीको नाममा हामीलाई जानकारी नै नदिई मनपरी रेखांकन भएको छ ।’

स्थानीय बासिन्दाले आफूहरुलाई जानकारी नै नदिई ‘गुमराह’मा राखेर सुकुम्बासी बनाउने खेल भएकाले आफूहरु विरोधमा उत्रन बाध्य भएको बताएका छन् । विवादकै कारण अहिले पोखरा १६ अन्तर्गत पर्ने करिब ५०० मिटरको काम पनि अगाडि बढ्न सकेको छैन ।

विना जानकारी, विना सूचना सीधै टेन्डर निकालेर बाटो ३० मिटरको हुन्छ भनेर काम सुरु भएपछि बल्ल थाहा पायौं’ पोखरा १९ का हरिबहादुर थापाले भने, ‘यसले हामीलाई घरबारविहीन, घरजग्गाविहीन, सुकुम्बासी हुन्छौं । यसमा गम्भीर हुनैपर्छ ।’

आर्थिक वर्ष २०६४/६५ बाट सुरु भएको मध्यपहाडी (पुष्पलाल) राजमार्ग रेखांकन विवादकै कारण कास्कीखण्डमा भने लामो समयसम्म काम सुरु हुनसकेको थिएन । कास्कीखण्डको भैंसेको बस्ती हटाउने र रेखांकन परिवर्तन गर्नुपर्ने विषयमा लामो समयको विवाद गत वर्ष मात्रै टुंगिएको थियो ।

२०७७ सालमा राजमार्ग अन्तर्गतका प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि संयुक्त रुपमा बैठक बसी भैंसेदेखि याम्दीसम्मको रुट परिवर्तन गरी पुनः नक्सांकन गर्न भौतिक तथा यातायात मन्त्रालयलाई अनुरोध गरेका थिए ।

उनीहरुले अनुरोध पत्रमा पोखराको ११, १२, १३, १६ हुँदै जाँदा धेरै संरचनालाई असर पुग्ने र नागरिकसमेत घरबारविहीन हुनुपर्ने औंल्याएका थिए । जसमा करिब ८०० घरपरिवार घरबारविहीन हुनुपर्ने औंल्याइएको थियो ।

सोही विषयलाई लिएर आयोजनाले सडक रेखांकन परिवर्तन गर्न नेपाल सरकारलाई प्रतिवेदन बुझाएकाे थियो । २०७७ फागुन २६ बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले सोही प्रतिवेदनलाई आधार मानेर भैंसे, ज्याम्दु, मेलबोट, पानीघाट, आँटीघर, अर्मलाकोट, कालीखोला पुल, अमला बिसौनी, लामाचौर, जौबारी हुँदै याम्दी पुलसम्मको बाटोको नयाँ रेखांकन पास गर्‍यो । तर, परिवर्तित रेखांकनका विषयलाई लिएर पुनः पोखरा १६ र १९ का नागरिक विरोधमा उत्रिएका हुन् ।

नयाँ परिवर्तन गरिएको रेखांकनको विषयमा पोखरा १६ र १९ का स्थानीय तत्कालीन वडाध्यक्ष जीवन आचार्यसँग रुष्ट छन् । तत्कालीन पोखरा १६ का वडाध्यक्ष आचार्यले २०७८ जेठ २ गते सडक रेखांकनको विषयमा जग्गामा सम्बन्धमा कुनै विवाद नरहेको, कुनै मुआब्जा दिनु नपर्ने, क्षतिपूर्तिसमेत न्यून हुने भन्दै राजमार्ग निर्माणको काम अगाडि बढाउन सिफारिस गरेका थिए ।

‘सबै जनताको सहमति छ, मुआब्जा पनि दिनुपर्दैन भनेर जनतासँग सोधपुछ पनि नगरी हामीलाई झुक्याएर सहमति गरियो । रेखांकन हुँदा हामीलाई जानकारी हुनुपर्छ कि पर्दैन ?’ अमृत थापाको आक्रोश छ, ‘यो सब एकलौटी रुपमा भयो ।’

कास्की अन्तर्गत राजमार्गको ३५ किलोमिटर कामका लागि ‘स्वच्छन्द एपेक्स जेभी’लाई ३ वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता गरेको छ । कुल ३ अर्ब ४२ करोड रुपैयाँमा ठेक्का पाएको जेभीले काम सुरु गरेको महिना दिन नबित्दै विवाद उत्पन्न भएको हो । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग २४ जिल्लाका ग्रामीण भेग जोड्ने गरी १ हजार ७५६ किलोमिटर सडक विस्तारको काम भइरहेको छ ।

 

Previous Post

ललितपुर मेयर महिला च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक टिम पराजित

Next Post

९० प्रतिशत पुस्तक छापिए, समयमै पुर्‍याएर रेकर्ड ब्रेक गर्ने दाबी

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
९० प्रतिशत पुस्तक छापिए, समयमै पुर्‍याएर रेकर्ड ब्रेक गर्ने दाबी

९० प्रतिशत पुस्तक छापिए, समयमै पुर्‍याएर रेकर्ड ब्रेक गर्ने दाबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन

२८ फाल्गुन २०८२, बिहीबार
सोविताले आयोगमा पेश गरिन् आफ्नो निर्वाचन खर्च

सोविताले आयोगमा पेश गरिन् आफ्नो निर्वाचन खर्च

२८ फाल्गुन २०८२, बिहीबार
कांग्रेस सांसद बस्नेतले मागे सभापति थापाको राजीनामा

कांग्रेस सांसद बस्नेतले मागे सभापति थापाको राजीनामा

२७ फाल्गुन २०८२, बुधबार
युद्धका बाबजुद इरानी फुटबल टोलीलाई अमेरिकामा स्वागत गर्ने ट्रम्पको भनाइ

युद्धका बाबजुद इरानी फुटबल टोलीलाई अमेरिकामा स्वागत गर्ने ट्रम्पको भनाइ

२७ फाल्गुन २०८२, बुधबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन

सोविताले आयोगमा पेश गरिन् आफ्नो निर्वाचन खर्च

कांग्रेस सांसद बस्नेतले मागे सभापति थापाको राजीनामा

युद्धका बाबजुद इरानी फुटबल टोलीलाई अमेरिकामा स्वागत गर्ने ट्रम्पको भनाइ

गृहमन्त्री अर्यालद्वारा निर्वाचन समीक्षासहित धन्यवाद ज्ञापन

निर्वाचन परिणाम अप्रत्याशित : सिटौला

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति