Friday, March 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

९० प्रतिशत पुस्तक छापिए, समयमै पुर्‍याएर रेकर्ड ब्रेक गर्ने दाबी

प्रभाव संवाददाता by प्रभाव संवाददाता
३ बर्ष अगाडि
in समाचार
0
९० प्रतिशत पुस्तक छापिए, समयमै पुर्‍याएर रेकर्ड ब्रेक गर्ने दाबी
16
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : आगामी नयाँ शैक्षिक सत्रको लागि एक करोड ३५ लाख थान नयाँ पुस्तक छपाइ सकिएको छ।
सरकारको स्वामित्वमा रहेको जनक शिक्षा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिल कुमार झाले ९० प्रतिशत पुस्तक छपाइएको काम सकिएको जानकारी दिए। उनका अनुसार २०८० सालको शैक्षिक सत्रको लागि एक करोड ५० लाख थान नयाँ पुस्तक छाप्नुपर्ने थियो। उनले भने, ‘९० प्रतिशत अर्थात् एक करोड ३५ लाख पुस्तक छपाइ सकियो।’ नयाँ शैक्षिक सत्र नजिकिँदै छ। तर, अझै १५ लाख थान पुस्तक छाप्नै बाँकी छ। बर्सेनि समयमा सम्बन्धित ठाउँमा पुस्तक नपुगेको समस्या रहँदै आएको छ। जनक शिक्षाका निर्देशक झाले बाँकी पुस्तक यही चैत १५ गतेसम्ममा छपाइ सकिसक्ने बताए। यो वर्ष समयमा पुस्तक पुग्ने र कहिल्यै समयमा नपुग्ने समस्यालाई ब्रेक गर्ने दाबी गरे।

‘बाँकी पुस्तक यो १५ गतेसम्ममा सबै छपाइको काम सकिन्छ,अहिले धमाधम छपाइ भइरहेको छ,छपाइमा कुनै समस्या छैन, त्यसैले यो वर्ष समयमै सबै ठाउँमा पुस्तक पुग्छ अनि ऐतिहासिक हुनेछ,रेकर्ड नै ब्रेक हुन्छ,’उनले दाबीका साथ थाहाखबरसँग भने।

छापिसकेको पुस्तक तत्कालै पठाउने गरिँदै आएकाले पनि यस वर्ष कुनै समस्या नआउने उनको तर्क छ। उनका अनुसार जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, प्रदेश १ कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय जनकपुर, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरामा पुस्तक पठाइन्छ। यस्तै, लुम्बिनी प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाई त्यहाबाँट वितरण हुने उनको भनाइ छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि आगामी नयाँ शैक्षिक सत्र सुरू हुनुभन्दा अगावै सम्बन्धित ठाउँमा नयाँ पाठ्यपुस्तक पुर्‍याउने प्रतिबद्धता जनाइसकेका छन्।

गत सोमबार प्रतिनिधिसभामा दोस्रो पटक विश्वासको मत माग्दै उनले भने,‘आगामी आउने नयाँ शैक्षिक सत्र सुरू हुनुभन्दा अगावै पाठ्यपुस्तक पुर्‍याउने विषयलाई सरकारले उच्च प्राथमिकता राखेको छ।’ धमाधम परीक्षा, वैशाखबाटै नयाँ सत्र विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र कायम गरेको छ। शिक्षा नियमावली,२०५९ (संशोधनसहित) को नियम ८४(१) बमोजिम शिक्षा मन्त्रालयको गत माघ ६ गतेको मन्त्रीस्तरीय बैठकले वैशाख १ गतेदेखि शुरू भई चैत मसान्तसम्म कायम गर्ने निर्णय गरेको हो।

योसँगै कोभिड–१९ ले प्रभावित बनाएको शैक्षिक सत्र ०८० बाट नियमित हुँदै छ। कोरोनाले ०७७ सालबाटै शैक्षिक सत्र बिथोलिएको थियो। ०७७ सालमा वैशाखबाट सुरू भई चैत मसान्तमा सकिनुपर्ने शैक्षिक सत्र लम्ब्याएर जेठ मसान्तसम्म पुर्‍याइएको थियो। ०७८ सालको शैक्षिक सत्र भने घटाएर १० महिनामै व्यवस्थापन गरियो। मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र असार १ गतेबाट शुरू भई चैत मसान्तमा सकाउने निर्णय गरेको थियो। यो समयसम्म कोर्स सकिएन। त्यसपछि शिक्षाविद् लगायत सरोकारवालाहरूले जेठबाट मात्र चालु शैक्षिक सत्र थाल्न सरकारलाई सुझाव दिए अनुसार ०७९ को नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि सुरू भएको थियो।

वैशाखदेखि नै नयाँ शैक्षिक सत्र सुरू हुने भएपछि यतिखेर देशभरका सामुदायिक तथा निजी विद्यालयहरूले वार्षिक परीक्षा सञ्चालन गरिरहेका छन्। यो परीक्षा नतिजा चैतमहिना भित्रै प्रकाशित गर्नुपर्ने र वैशाख १ गतेबाट पठनपाठन थाल्नुपर्ने निर्देशन सरकारको छ। हिमाली जिल्लामा पनि वैशाखबाटै हिमाली जिल्लाहरूमा पनि वैशाखबाटै नयाँ शैक्षिक सत्र हुने भएको छ। शिक्षा मन्त्रालयले सूचना जारी गरी देशभर १ वैशाखबाट पठनपाठन थाल्न सबै शिक्षा विकास तथा समन्वय इकाई, विद्यालय र स्थानीय तहलाई आग्रह गरेको थियो। तर,कर्णाली प्रदेश सरकारले मौसमी प्रतिकुलताका कारण यो निर्णय नमान्ने र फागुन पहिलो साताबाट नयाँ शैक्षिक सत्र थाल्ने भनेपछि केन्द्र र प्रदेशको चेपुवामा विद्यार्थी : पुस्तक बिनै शैक्षिक सत्र सुरु हुँदै ! थियो। तर,केन्द्रले नै देशभर वैशाखबाटै थाल्नू भनेपछि हिमाली क्षेत्रमा पनि वैशाखबाट नै नयाँ शैक्षिक सत्र सुरू हुने हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख वर्ष फडेराले थाहाखबर जानकारी दिए।

‘फागुन पहिलो साताबाट नयाँ शैक्षिक सत्र थाल्ने भनिएको थियो,’उनले भने,‘तर केन्द्र सरकारले नै वैशाखबाट एकसाथ देशभर पठनपाठन थाल्नु भनेपछि वैशाखबाटै थाल्ने निर्णय भयो, हिमाली जिल्लाहरूमा वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरू हुन्छ।’ यसअघि मौसमी प्रतिकूलताका कारण हिउँदमा अध्यापन हुन नसक्ने हुँदा हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ र मुगु तथा कालिकोट जिल्लामा फागुन पहिलो हप्तादेखि नयाँ शैक्षिक सत्र सुरू हुने गरेको थियो।

Previous Post

कास्की खण्डको रेखांकनमा फेरि विवाद, पोखरा महानगरमा प्रभावितको धर्ना

Next Post

काठमाडौं प्लाजा सर्दै कामपाको कार्यालय

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
काठमाडौं प्लाजा सर्दै कामपाको कार्यालय

काठमाडौं प्लाजा सर्दै कामपाको कार्यालय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन

२८ फाल्गुन २०८२, बिहीबार
सोविताले आयोगमा पेश गरिन् आफ्नो निर्वाचन खर्च

सोविताले आयोगमा पेश गरिन् आफ्नो निर्वाचन खर्च

२८ फाल्गुन २०८२, बिहीबार
कांग्रेस सांसद बस्नेतले मागे सभापति थापाको राजीनामा

कांग्रेस सांसद बस्नेतले मागे सभापति थापाको राजीनामा

२७ फाल्गुन २०८२, बुधबार
युद्धका बाबजुद इरानी फुटबल टोलीलाई अमेरिकामा स्वागत गर्ने ट्रम्पको भनाइ

युद्धका बाबजुद इरानी फुटबल टोलीलाई अमेरिकामा स्वागत गर्ने ट्रम्पको भनाइ

२७ फाल्गुन २०८२, बुधबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन

सोविताले आयोगमा पेश गरिन् आफ्नो निर्वाचन खर्च

कांग्रेस सांसद बस्नेतले मागे सभापति थापाको राजीनामा

युद्धका बाबजुद इरानी फुटबल टोलीलाई अमेरिकामा स्वागत गर्ने ट्रम्पको भनाइ

गृहमन्त्री अर्यालद्वारा निर्वाचन समीक्षासहित धन्यवाद ज्ञापन

निर्वाचन परिणाम अप्रत्याशित : सिटौला

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति