Friday, March 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

देशको आर्थिक अवस्थाबारे चिन्तित छु : राष्ट्रपति पौडेल

प्रभाव संवाददाता by प्रभाव संवाददाता
३ बर्ष अगाडि
in समाचार
0
देशको आर्थिक अवस्थाबारे चिन्तित छु : राष्ट्रपति पौडेल
8
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा राष्ट्रपतिले यस्तो चिन्ता व्यक्त गरेका हुन्। कमर्शको टोलीले राष्ट्रपति पौडेललाई बधाई दिन राष्ट्रपतिनिवास पुगेको थियो। उक्त टोलीमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितका पदाधिकारी थिए। जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी वहन गर्नुपर्ने उनको भनाइ छ।

राष्ट्रपति पौडेलले भने, ‘सरकारले पूर्णता पाइसकेको छैन। सरकारले पूर्णता पाएलगत्तै प्रधानमन्त्री र अर्थमन्त्रीलाई बोलाएर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउँछु।’ वर्तमान संकट समाधानका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्नेमा राष्ट्रपतिले जोड दिए। मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने राष्ट्रपतिको कथन छ।

चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथप्रदर्शन हुनेमा आफूहरू विश्वस्त रहेको बताए। मल्लले भने, ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन। पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधारण ऋणीमा गम्भीर असर गरेको छ।’ पुँजीगत खर्च हुन नसक्ने समस्या लगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको मल्लले बताए। आर्थिक समृद्धि र अर्थतन्त्र चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्नेमा मल्लले जोड दिए।

उनीहरू कर्जा प्रवाह गर्दा ब्याजदरमा लकअप प्रणाली लागू गर्नुपर्ने उनीहरूको माग थियो। लकअप प्रणाली कायम गरिए वित्तीय सन्तुलन कायम हुने र ऋणीहरू मर्कामा नपर्ने चेम्बरको ठहर छ। मल्लले बाँझो जमिन सदुपयोग गरी कृषि उत्पादनमा आधुनिकीकरण, यन्त्रीकरण एवं वैज्ञानिकीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाउन सकिने सुझाव दिए।

Previous Post

काठमाडौं प्लाजा सर्दै कामपाको कार्यालय

Next Post

बिजुली चोर्ने सप्तरीका ६ जना प्रहरी नियन्त्रणमा

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
बिजुली चोर्ने सप्तरीका ६ जना प्रहरी नियन्त्रणमा

बिजुली चोर्ने सप्तरीका ६ जना प्रहरी नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन

२८ फाल्गुन २०८२, बिहीबार
सोविताले आयोगमा पेश गरिन् आफ्नो निर्वाचन खर्च

सोविताले आयोगमा पेश गरिन् आफ्नो निर्वाचन खर्च

२८ फाल्गुन २०८२, बिहीबार
कांग्रेस सांसद बस्नेतले मागे सभापति थापाको राजीनामा

कांग्रेस सांसद बस्नेतले मागे सभापति थापाको राजीनामा

२७ फाल्गुन २०८२, बुधबार
युद्धका बाबजुद इरानी फुटबल टोलीलाई अमेरिकामा स्वागत गर्ने ट्रम्पको भनाइ

युद्धका बाबजुद इरानी फुटबल टोलीलाई अमेरिकामा स्वागत गर्ने ट्रम्पको भनाइ

२७ फाल्गुन २०८२, बुधबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले थाल्यो परीक्षण उत्पादन

सोविताले आयोगमा पेश गरिन् आफ्नो निर्वाचन खर्च

कांग्रेस सांसद बस्नेतले मागे सभापति थापाको राजीनामा

युद्धका बाबजुद इरानी फुटबल टोलीलाई अमेरिकामा स्वागत गर्ने ट्रम्पको भनाइ

गृहमन्त्री अर्यालद्वारा निर्वाचन समीक्षासहित धन्यवाद ज्ञापन

निर्वाचन परिणाम अप्रत्याशित : सिटौला

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति