२५ वैशाख, काठमाडौं । राफिक अमिनुले दुई गोल गरेपछि फ्रेण्ड्स क्लबले शहीद स्मारक ए डिभिजन लिगमा सोमबार एफसी खुमलटारलाई ३-१ ले पराजित गरेको छ ।

च्यासल मैदानमा भएको खेलमा फ्रेण्ड्सका लागि अर्को गोल सन्तोष खत्रीले गरे । खुमलटारका लागि मेसुके ओलोमोउले सान्त्वना गोल फर्काए । खेलको चौथो मिनेटमै अमिनुले गोल गर्दै कुपण्डोलको फ्रेण्ड्सलाई अग्रता दिलाएका थिए । अमिनुले १६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेण्ड्सको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई खेलमा फर्काउने प्रायस गरेका थिए ।

तर सन्तोष खत्रीले ७८औं मिनेटमा गवल गरेपछि प्रेण्ड्सले दुई गोल अग्रता बनायो र त्यसलाई कायम रख्दै सिजनको पाँचौ जित निकाल्यो । जितपछि १६ खेलबाट १९ अंक जोडेको फ्रेण्ड्स रेलिगेसन क्षेत्र छाड्दै नवौँ स्थानमा उक्लेको छ । उता सबैभन्दा धेरै ९ खेलमा पराजित खुमलटार १६ खेलबाट १७ अंकसहित रेलिगेसन क्षेत्रमा झरेको छ र नेपाल पुलिस भन्दा अगाडि १३औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here