काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारविरूद्ध फायर नै खोल्नुपर्ने बताएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि विनियोजन विधेयकको सिद्धान्त, प्राथमिकता सम्बन्धको छलफलमा भाग लिँदै सांसद शर्माले भ्रष्टाचारमाथि सरकार निर्मम भएर फायर खोल्नुपर्ने बताएका हुन्।
‘भ्रष्टाचारका विरूद्ध फाइलमात्र होइन फायर खोल्नुपर्छ राज्यले,’ उनले भने, ‘सँगै यसका लागि एउटा दृष्टिकोण पनि बनाउनुपर्छ, निर्दोष कोही फस्नु हुँदैन, दोषी कोही बच्नु पनि हुँदैन।’

सरकारले ल्याएको भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधनमा भ्रष्टाचारको छानबिन गर्नका लागि राखिएको पाँच वर्ष हदम्याद हटाउनुपर्ने उनको भनाई छ। सांसद शर्माले भ्रष्टाचारको छानबिनमा राज्यले कठोरताका साथ जानका लागि कुनै पनि हदम्याद राख्न नहुने बताए।

‘कुनै इफ, बट, किन्तु, परन्तु नगरिकन भ्रष्टाचारको छानबिनका सन्दर्भमा राज्यले कठोरता पूर्वक जानका लागि राज्यले कुनै हदम्याद राख्ने कुराबाट सरकार पछि सर्नुपर्छ,’ शर्माले भने।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here