दार्चुला । दार्चुलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। सोमवार साँझ परेको चटयाङ लागेर शैल्यशिखर नगरपालिका–३ दुवेडीका १५ वर्षीय नरेश खत्रीको मृत्यु भएको हो

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार सोही चटयाङमा परेर ४० वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री घाइते भएका छन् । सोमवार साँझ खेतमा काम गरिरहेको अवस्थामा उनीहरु नजिक चटयाङ परेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here