प्रमुख तीन वटा राजनीतिक दलले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गत उपसमिति गठन गरेर अगाडि बढाउने निर्णय गरेका छन् ।

यसअघि यो विधेयकलाई संसदीय विशेष समिति गठन गरेर अगाडि बढाउने सहमति भएको थियो । त्यस अनुसार प्रततिनिधिसभाको कार्यसूची तय भएर पनि अगाडि बढ्न सकेको थिएन् ।

प्रतिनिधिसभाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाइ दफाबार छलफलका लागि कानुन न्याय तथा मानव अधिकार समितिमा पठाएको छ ।

‘विगतमा विशेष समिति गठन गर्ने भनिए पनि हाल विषयगत समिति गइसकेका कारण अब सम्बन्धित समितिमै उपसमिति बनाएर अगाडि बढाउने निर्णय भएको छ’, नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्बाङले अनलाइनखबरसँग भने । नेता नेम्बाङका अनुसार आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा यस्तो सहमति जुटेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here