काठमाडौं : इराकले सात वर्षअघि भएको एउटा शक्तिशाली बम विस्फोटको घटनामा सम्लग्न ३ जनालाई फाँसी दिइएको छ। सन् २०१६ मा राजधानी बगदादमा भएको बम आक्रमणमा झण्डै ३ सय मानिसको मृत्यु भएको थियो। सन् २००३ मा अमेरिकाले गरेको आक्रमणपछि इराकमा भएको यो नै ठूलो आक्रमण थियो। उक्त आक्रमणको जिम्मा आतंकवादी संगठन आइएसले लिएको थियो।
प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीको कार्यालयले फासी दिइएका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन। एजेन्सीहरुका अनुसार फाँसीको सजाय पाउनेमा बम आक्रमणका योजनाकार गजवान अल–जौबाइको पनि भएको बताइएको छ।
उनी दुई वर्षअघि पक्राउ परेका थिए। सन् २०१६ मा इराकको राजधानीस्थित मुख्य शिया मुस्लिम क्षेत्रमा भीडमा विस्फोटक भरिएको गाडी छिराएर विस्फोट गराइएको थियो।