विराटनगर : नेपाली कांग्रेस संसदीय दलकाे बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएर सत्तापक्षमा बस्ने निर्णय गरेकाे छ। बुधबार बिहान प्रदेश पार्टी कार्यालयमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीकाे उपस्थितिमा बसेकाे बैठकले विश्वासको मत दिएर सत्तापक्षमा बस्ने निर्णय गरेकाे हो।

दलकाे बैठकमा संसदीय दलका नेता उद्धव थापाकाे राजीनामाको विषयमा पनि छलफल भएको थियाे। तर कुनै निर्णय भएन । उनकाे राजीनामा स्वीकृृत भएको छैन। शनिबार दलका नेता थापाले पदबाट राजीनामा दिएका थिए।

राजीनामा स्वीकृत नभएका कारण उनकाे अध्यक्षतामा बैठक बसेकाे हो। बैठक स्राेतका अनुसार केन्द्रीय सदस्य कार्कीले दलको नेतामा थापालाई नै निरन्तर दिने बताएका थिए। तर, दलको निर्णयपछि कार्यान्वयन गर्ने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here