काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी बुधबारदेखि स्थानीय विषय नेपाल भाषाको पुनर्ताजगी तालिम सञ्चालन गर्ने भएको छ। महानगरपालिकाले आज एक सूचना जारी गरी तालिममा सहभागी हुन सबै सामुदायिक विद्यालयहरूलाई आग्रह गरेको छ।

महानगरपालिकाका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार बुधबारदेखि भानु मावि (दरबार हाइस्कुल)मा तालिम सञ्चालन हुने छ।

‘काठमाडौं महानगरपालिका भित्रका वि‌द्यालयमा आधारभूत तहमा पठनपाठन भइरहेको स्थानीय विषय नेपालभाषाको नेवाः स्यनामि (शिक्षकहरू) को ५ दिने पुनर्ताजगी तालिम यही २०८०/०९/२५ गते बुधबार देखि भानु माविमा सञ्चालन हुने भएकोले आ-आफ्नो विद्यालयका नेवाः स्यनामिहरूलाई तालिममा सहभागी गराइ दिनु हुन सूचित गरिन्छ,’सूचनामा उल्लेख छ।

तालिम भने बिहान १० बजेदेखि सुरू हुने महानगरपालिकाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here