काठमाडौँ : पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष उद्घाटन गरिएको छ। मन्दिर क्षेत्रमा हुने महिलाको समस्यालाई मद्देनजर गर्दै पशुपति विकास कोषले आफ्नो नयाँ कार्यसमितिको पहिलो काम स्तनपान कक्ष स्थापना गरिएको कोषकी अध्यक्ष लक्ष्मी पुनले जानकारी दिइन्। स्तनपान कक्षको उद्घाटन पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले गरिन्।





