तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोले घर पुरिएर बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ। पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये एक जनाको शनिबार राति र दुई जनाको आज बिहान शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार पहिरोले पुरिएर बेपत्ता भएका ४० वर्षीया हिरा नेपाली, ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाको शव फेला परेको हो। शव परीक्षणका लागि अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक रायले जानकारी दिए।

हिरा नेपाली र सुनमाया कुमालको घरमाथिबाट पहिरो खस्दै गर्दा घरभित्रका सामान स्थानीयले निकाल्ने क्रममा पुरिएर तीन जना बेपत्ता भएका थिए। पहिरोमा ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन्। घाइतेहरुको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here