जुम्ला : अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्गअन्तर्गत कालिकोटको हुल्ममा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।

सोही राजमार्गको कालिकोट तिलागुफा नगरपालिका–६ टिमुरे, गाल्जे र पिली लगायतका ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ। साँझसम्म सडक सञ्चालनमा आउने गरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईले जानकारी दिए।

प्रदेशका मुख्य पाँच राजमार्ग कर्णाली, मध्य पहाडी, मदन भण्डारी, राप्ती राजमार्ग र भेरी करिडोरका सडक अवरुद्ध छन्। कर्णाली राजमार्गमा चार, मध्य पहाडीमा चार र राप्ती राजमार्गमा दुई, मदन भण्डारीमा एक र भेरी करिडोरका तीन ठाउँमा बाढीपहिराले सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा पहिरो गएको छ। राजमार्ग अवरुद्ध भएपछि दुई दिनदेखि यात्रु अलपत्र परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here