काठमाडौं : नेकपा एमालेले देशलाई संकट परेका बेला ऐतिहासिक निर्णय लिँदै आएको भन्दै त्यसैको निरन्तरता स्वरुप यसपटक कांग्रेससँग फेरि सहमति भएको बताएका छ। आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले सचिव एवं सांसद योगेश भट्टराईले यस्तो बताएका हुन्।

अहिले पनि मुलुकलाई परेको सम्पूर्ण समस्याबाट मुक्ति दिलाउन पुनः एमाले कांग्रेस मिलेको उनले बताए।

‘देशका दुई प्रमुख दल एमाले र कांग्रेसको बीचमा केही दिन अघि ऐतिहासिक सहमति भएको छ’, उनले भने, ‘विगत हेर्ने हो भने देश संकटमा परेका बेला ऐतिहासिक निर्णय गर्दै आएका छौं। अहिले पनि मुलुकलाई प्रधानमन्त्रीको कहिले उता, कहिले यता गर्ने रोटेपिङले  देशलाई कहीँ पुर्याउँदैन भन्ने बुझेर कांग्रेस–एमालेबीच गम्भीर छलफल भयो। र हामीले यो गम्भीर निर्णय लिएका छौं।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here