काठमाडौं :  आज सुनको मूल्य तोलामा रु चार सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ।

आइतबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज रु एक लाख ४४ हजार सात सय कायम भएको छ।  महासङ्घले चाँदीको मूल्य आज भने स्थिर रहेको  जनाएको छ। आइतबार  रु एक हजार आठ सय ९० मा एक तोला चाँदी खरिदबिक्री भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here