काठमाडौं : नेपाली काँग्रेस सांसद प्रतिमा गौतमले विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताएकी छन्।

सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राज्य गम्भीर नहुँदा नागरिकले दुःख पाएको बताइन्। उनले विपद्का कारण ठूलो जनधनको क्षति भएको बताइन्। उनले गत सालका पीडितलाई राहत दिन नसक्ने यस वर्ष नागरिकले सोही कुराको दुःख व्यहोर्नुपरेको बताइन्।

उनले राज्य विपद्का लागि जहिले पनि तयारीका साथ बस्नुपर्ने बताइन्। उनले विपद्का कारण भएको क्षतिबारे संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन्।

उनले भनिन्, ‘विपद्का कारण ठूलो जनधनको क्षति भएको छ। यो विपद् व्यवस्थापन गर्न सरकारले के गरिरहेको छ? यो सदनलाई जानकारी गराउन म माग गर्न चाहन्छु। नेपालमा कुनै पनि समय विपद् आउनसक्ने सम्भावना रहेको मुलुक भएकाले नेपालको परिप्रेक्षमा कहाँ यदि भन्ने भन्दा पनि कहिले आउँछ भन्नेकुरा प्रश्न गर्नुपर्छ। यो उच्च जोखिम रहेको क्षेत्र हो। बाढी पहिरोका बारेमा सांसदज्युहरुले उठाउनुभएका कुरा मनन गरेर सरकार अघि बढ्नुपर्छ। प्रत्येक वर्ष आउने वर्षालाई राज्यले महशुस नगरी काम गर्दा जनताले विपद्को सामना गर्नुपरेको छ।’

सांसद गौतमले वर्षे विकासको रणनीतिबाट सरकार पछि हट्न आवश्यक रहेको बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here