काठमाडौं : अविरल वर्षाका कारण आएको बाढी-पहिरोलगायत विपदमा परी हालसम्म ७० जनाले ज्यान गुमाएका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँचजना बेपत्ता भएको जानकारी दिए। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उक्त अवधिमा बाढीपहिरोका नौ सय ६६ घटना घटेका छन्। त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायको मृत्यु भएको छ। भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ।

उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढीपहिरोमा परिचालन गरिएको र रु नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here