काठमाडौं : मकवानपुरको मकवानपुरगढी गाउँपालिका –८ स्थित ईपाखहरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

स्थानीय रामबहादुर घिसिङको बारीमा बस्ने दिक्पाल स्याङ्तानको बिजुलीको पोलमा करेन्ट लागेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो ४ः३० बजेको समयमा करेन्ट लागेर ३७ वर्षीय स्याङ्तानको मृत्यु भएको थियो।

घटनाको अनुसनधान भइरहेको र मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here