तनहुँ : बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान  एक जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा  छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा  नदीमा बेपत्ता भएका हुन्।
कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिए।  बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका  मानिसको भीड लाग्ने गर्दछ।

पहिरोले अवरुद्व पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

म्याग्दे गाउँपालिका–६ मौरीओढारमा आज बिहान पहिरो खस्दा अवरुद्व पृथ्वीराजमार्गमा एकतर्फी सञ्चालनमा ल्याइएको छ। अविरल वर्षाका कारण खसेको लेदोसहितको पहिरोले राजमार्ग  अवरुद्व भएको थियो। पृथ्वीराजमार्गअन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरो पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here