२१ माघ, काठमाडौं। अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले लगाएको करविरुद्ध क्यानडाले धेरै प्रतिक्रिया दिने काम बन्द नगरे थप कर लगाउने धम्की दिएका छन् ।

ट्रम्पले क्यानडामा २५ प्रतिशत कर लगाएका थिए। यसको जवाफमा क्यानडाले पनि अमेरिकी सामग्रीमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो ।

बीबीसीका अनुसार फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘यदि क्यानाडाले अमेरिकाले लगाएका ट्यारिफको जवाफमा प्रतिक्रिया दिन्छ भने क्यानाडामाथि थप ट्यारिफ लगाइनेछ।’

अमेरिकाका उत्तरी छिमेकी राष्ट्रहरूले लामो समयसम्म अमेरिकाको अपमान गरेका उनको आरोप छ । ट्रम्पले भने, ‘म क्यानडाका मानिसहरूलाई माया गर्छु तर म क्यानडाका नेतासँग सहमत छैन र त्यहाँ केही हुनेवाला छ।’

उनले अगाडि थपे, ‘यदि उनीहरूले खेल खेल्न चाहन्छन् भने मलाई कुनै समस्या छैन। जे खेल खेल्न चाहन्छन् त्यसका लागि हामी तयार छौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here